नियम १७
धितोपत्र दर्ताको लागि निवेदन दिनु पर्ने
(१) कुनै संगठित संस्थाले ऐनको दफा ७च. को प्रयोजनको निमित्त धितोपत्र दर्ता गराउनको लागि अनुसूची–४ बमोजिमको ढाँचामा बोर्ड समक्ष निवेदन दिनु पर्नेछ । यसरी दिइने निवेदनसाथ धितोपत्र दर्ता गर्नको लागि लाग्ने अनुसूची –५ बमोजिमको दस्तुर समेत संलग्न गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको निवेदन साथ सम्बन्धित संगठित संस्थाले देहायका विवरण तथा कागजातहरू समेत संलग्न गर्नु पर्नेछः–
(क) संगठित संस्थाको प्रबन्धपत्र, नियमावली र विवरणपत्र ।
(ख) कुनै ऐन अन्तर्गत बनेको संगठित संस्था भएमा सो ऐन अन्तर्गत बनेको नियम तथा विनियमहरू र विवरणपत्र ।
(ग) चल तथा अचल सम्पत्तिको विवरण ।
(घ) निष्काशन भएको वा गरिने धितोपत्रको किसिम, संख्या र अङ्कित मूल्य रकम र अवधि तथा कुनै धितोपत्रको सम्बन्धमा विशेष अधिकारको व्यवस्था गरिएको भए सो कुरा ।
(घ१) निष्काशन गरिने धितोपत्र डिबेञ्चर वा बण्ड भएमा त्यसरी डिबेञ्चर वा बण्ड जारी गर्नु परेको कारण, औचित्य र तत्सम्बन्धमा उक्त सङ्कठित संस्थाको सञ्चालक समितिले गरेको निर्णय तथा त्यसरी डिबेञ्चर वा बण्ड जारी गरी उठ्ने रकमबाट गरिने मुख्य–मुख्य कामको विवरण ।
(घ२) निष्काशन गरिने धितोपत्र एकांक बचत कार्यक्रम र समूहगत बचत कार्यक्रम सम्बन्धी प्रमाणपत्र भएमा त्यस्तो प्रमाणपत्र जारी गर्ने अधिकार र त्यस्ता कार्यक्रमको कानुनी अस्तित्व, द्रष्टडिडस वा करार सम्बन्धी कागजात, लक्षित समूह तथा त्यस्तो कार्यक्रमबाट उठाइने रकमको लगानी सम्बन्धी नीति, लगानी हुन सक्ने क्षेत्र, सीमा, आर्थिक मुनाफा वितरण प्रणाली, खर्च कट्टी सम्बन्धी व्यवस्था, धितोपत्र खरीद बिक्री हस्तान्तरण सम्बन्धी व्यवस्था, त्यस्तो कार्यक्रम सञ्चालन र लगानी प्रबन्ध सेवा प्रदान गर्ने कार्यका लागि गरिने अन्य व्यवहारहरू सम्बन्धी विवरण ।
(ङ) धितोपत्रको निष्काशनका अन्य शर्त तथा सुविधाहरू ।
(च) धितोपत्र प्रिमियम र डिष्काउन्टमा जारी गरिने भएमा त्यसको कारण र औचित्य ।
(छ) पहिले निष्काशन गरिएको र अहिले निष्काशन गरिने धितोपत्रको मूल्यमा फरक पर्ने भएमा त्यसको कारण र औचित्य ।
(ज) पहिले धितोपत्र निष्काशन भइसकेको भए त्यस्तो धितोपत्रको किसिम, संख्या, रकम र गत तीन वर्षभित्र भएको कारोबार सम्बन्धी विवरण ।
(झ) निष्काशन गर्न लागिएको धितोपत्रको निष्काशन र बिक्री प्रबन्ध र प्रत्याभूति सम्बन्धमा गरिएका वा गरिने व्यवस्था ।
(ञ) मुनाफा बाँड्ने वा बोनस सम्बन्धमा भएको व्यवस्था ।
(ट) धितोपत्र शेयर भएमा सञ्चालक समितिमा हुने प्रतिनिधित्व सम्बन्धी व्यवस्था ।
(ठ) लेखा परीक्षण भएको बिगत तीन वर्षको र आगामी तीन वर्षको प्रक्षेपित नाफा नोक्सान हिसाब र वासलात तथा लेखा परीक्षकको नाम र ठेगाना ।
(ड) नयाँ स्थापना भएको संगठित संस्था भएमा सम्भाव्यता अध्ययन प्रतिवेदन र त्यस्तो प्रतिवेदन तयार गर्ने विशेषज्ञको नाम, ठेगाना तथा आगामी तीन वर्षको प्रक्षेपित नाफा नोक्सान तथा वासलात ।
(ढ) संस्थापक शेयरवालाहरूको नाम, थर, तिनीहरूले लिने शेयर संख्या र रकम भुक्तानीको किसिम तथा संस्थापक शेयरवालाबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने व्यवस्था भए सो कुरा ।
(ढ१) दश प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व ग्रहण गरी संस्थापकको रूपमा रहेको संस्थापक शेयरवाला सङ्गठित संस्था भएमा त्यस्ता सङ्गठित संस्थाको दर्ता प्रमाणपत्र, प्रबन्धपत्र र नियमावली, कारोबारको विवरण र अन्तिम वर्षको लेखापरीक्षण भएको आय–व्यय विवरण, वासलात र नयाँ सङ्गठित संस्था संस्थापना गर्ने सम्बन्धमा उक्त सङ्गठित संस्थाको सञ्चालक समितिले गरेको निर्णयको प्रतिलिपि ।
(ण) सञ्चालक, प्रबन्धक तथा मुख्य अधिकृतहरूको नाम, थर तथा काम, कर्तव्य र अधिकार ।
(त) प्रबन्धपत्र तथा नियमावली र विवरणपत्र तयार गर्ने व्यक्तिको नाम, थर, योग्यता ।
(थ) व्यवस्थापन वा अन्य सेवा उपलब्ध गर्ने सम्बन्धमा कुनै सम्झौता भएको भए सो कुरा ।
(द) बोर्डद्वारा तोकिएको अन्य आवश्यक कुराहरू ।
(ध) बोर्डले तोकिदिए बमोजिम अन्य आर्थिक विवरणहरू ।
(३)सङ्गठित संस्थाले उपनियम (२) बमोजिम बोर्डसमक्ष पेश गर्नुपर्ने विवरण तथा कागजातहरू कम्तीमा दुइजना सञ्चालकहरूबाट प्रमाणित गराई पेश गर्नु पर्नेछ । यसरी विवरण तथा कागजातहरू प्रमाणित गर्ने सञ्चालकहरू आफूले प्रमाणित गरेका काम कारवाही प्रति व्यक्तिगत तथा सामूहिक रूपमा समेत उत्तरदायी हुनु पर्नेछ ।